काठमाडौँ - ३२ औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन आज शुक्रबार हुने तय भएको छ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच अपराह्न ४ः४५ मिनेटमा ओलम्पिकको उद्घाटन हुने भएको हो ।
उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरू भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन् । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो ।
आज शुक्रवारबाट ओलम्पिक दर्शकको उपस्थितिबिना नै शुरू हुन लागेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिकमा यस वर्ष लाइभ अडियन्सलाई निषेध गरिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...