झापा – भुटानी शरणार्थी शिविर बेलडाँगीमा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा ३ जना पुरुष रहेका छन् भने १ जना महिला रहेकी छन् । योसँगै शिविरमा कोरोना संक्रमितहरूको संख्या ८३ पुगेको भुटानी शरणार्थी महिला मञ्च केन्द्रीय कार्यालय बेलडाँगी स्वास्थ्य सहजकर्ता बुद्ध हाङ्ग राईले जानकारी दिए ।
संक्रमितहरूमध्ये २३ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना निको भएका छन् । त्यस्तै कोभिड अस्पताल दमकमा ३ जनाको उपचार भइरहेको छ भने नोबेल अस्पताल बिराटनगरमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै हालसम्म ३ जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...