काठमाडाैँ - आरोहण गुरुकुलको प्रस्तुति, बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल निर्देशित अभि सुवेदी लिखित नाटक ‘अग्निको कथा’ द नेसन्स फल्याङसको युट्युब मार्फत सार्वजनिक भएको छ ।
आरोहण गुरुकुलकै सर्वाधिकार रहने गरी 'द नेसन्स फल्याङस'ले संरक्षण र बाह्य प्रवर्द्धन मात्र गर्ने उद्देश्य सहितको सम्झौता मुताविक यो नाटक पनि अपलोड गरिएको हो । दशकौँ अघि आरोहण गुरुकुल पुरानो बानेश्वरमा अवस्थित नाट्यघरमा यो नाटक मन्चन भएको थियो । मञ्चमा निशा शर्मा, बसन्त भट्ट, अरुणा कार्की, सरिता गिरी, सौगात मल्ल, सुरेस चन्द, सुवास थापा, राजन खतिवडा, राजकुमार पुडासैनी, घिमिरे युवराज, भोला सापकोटा, मणिराम पोख्रेल, बसन्ती महर्जन आदिको अभिनय देख्न सकिन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...