अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

-‘५५० हो, लानुन लानु, 
-महंगो भयो, अलि मिलाइ दिनुन भईया ।
-मिलाई त दिएको हो बैनी , ब्राण्ड हेर्नुन(बाल्ट्राको जक देखाउदै)कहाँ पाउनुहुन्छ यति सस्तोमा ।’ 
यसरि हरेक बिहान ७ बजेबाट फरक फरक ग्राहकससँग सुरुहुन्छ उनको व्यापर । ४० हजारको व्यापार छ उनीसगँ । तर ४० हजार फिजाउँन उनीसगँ कुनै निश्चित  ठाउँ भने छैन । छ त केवल एउटा पुरानो रिक्सा । रिक्सामा आफ्नो व्यापार बोकेर उनी कहिले लगनखेल, कहिले जावलाखेल त कहिले कुमारीपाटी पुग्छन् । यसरि उनले रिक्सामा आफ्नो जीवन पेल्न थालेको २५ वर्ष भयो । 




‘इण्डिया, सितामगडी’ घर भएका उनी दुई छोराको साथमा नेपाल रहन थालेको भने ३० वर्ष भइसक्यो । जहिल्यै रक्षाबन्धन,छैठ र होलीजस्ता पर्वमा परिवार भेट्न पनि पुग्न भ्याएका छन् । तर यो सालको होली भने कोरोना कहरको कारण बेरङ्ग बन्यो उनको । महिना मरेपछि १५ हजार घर भाडा तिरिरहँदा भने बेस्सरी घर र एक्ली श्रीमती सम्झन्छन् उनी । २० रुपैँया देखि २ हजार रुपैँया सम्मका सामानहरु छन् उनी सगँ । सस्तो देखि महँगो र ब्राण्ड देखि ननब्राण्ड सम्मका सामान बिक्री गरेर उनले दिनमा हजार देखि दुईहजार रुपैँया सम्म कमाउँछन् । तर उनलाई  ब्राण्डले भन्दा पनि व्यापारले नै खुसी दिने गरेको अनुभव सुनाउँछन्।




सामान बेच्ने मात्र हैन बिग्रिएका कुकर बनाउन पनि उनी उतिनै माहिर छन् । सिठी,वासर वा अन्य समस्या भएका कुकरहरुमा उनको हात पक्कै परेका होलान् त्यो कुकर तपाईंको पनि हुन सक्छ र मेरो पनि हुन सक्छ ।
यसरि ४५ वर्षीय भाग्य नारायण शाह बिगत ३० वर्षदेखि कहिले रिक्सामा त कहिले कुकर मर्मतमा आफ्नो भाग्य खोजिरहेका छन् ।



यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...