यो ग्रह सधैं एकनाशले घुमेपनि चलेपनि हामी मान्छेहरुको जीवनशैली फरक फरक तरिकाले चलिरहेको हुन्छ/दौडिरहेको हुन्छ । हामीले बाँच्नुपर्ने यो निश्चित समयअवधिमा हामी हर कोहिको दैनिकी र गुजारा फरकफरक हुन्छ । यस पृथ्वी लोकको करिबकरिब साढे सात अर्ब मान्छेहरुको गुजारा पनि साढे सात अर्ब नै छ,जीवनशैली पनि साढे सात अर्ब नै छ र दैनिकी पनि हरेक दिन साढे सात अर्बै फ्लेवरको हुन्छन् ।
हामीले यसलोकको तमाम मान्छेहरुले के,कसरी,कस्तो ,कहाँ,कुन,कति तरिकाले आफ्नो जीवन गुजारा गरिरहेका छन् भन्ने कुरा देख्न,भोग्न नसके पनि हामीले आफु बाँचेको/हुर्केको देश, समय,परिवेशमा आ-आफ्नै तरिकाले आफ्नो दैनिकी गुजारा र जीवनशैली चलाइरहेका हामीजस्तै आम मान्छेहरुको काम,परिस्थिति र समयलाई फ्रेममा यसरी कैद गरेका छौँ।।।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...