काठमाडाैँ - आगामी असोज २२ गते राष्ट्रव्यापी दोस्रो एनटिएस 'कौसी क्विन' २०७८ प्रतियोगिता हुने भएको छ। प्रज्ञान क्रिएसनलेकाे आयोजनमा ‘शहरी दिगोपनः स्थिरता प्रवर्धनका लागि कौसीखेती’ भन्ने नारासहित  प्रतियोगिता हुन लागेको हो ।



प्रतियाेगितामा कौसीमा लगाइएको तरकारी तथा फलफूल खेती गर्नेहरुले प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । कौसीमा काम गर्दै गरेको फोटो र भिडियो पठाएर सहभागी हुने सम्पूर्णलाई एक हजार रुपैयाँ बराबरको कौसी सामग्रीहरु प्रदान गरिने आयोजक समितिले जनाएकाे छ ।

प्रतियोगितामा सहभागी हुन सहभागीले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गरेको १० वटा फोटो र बढीमा १० मिनेटको हलोखबर डटकम मा इमेल पठाउनुपर्ने हुन्छ। सहभागिताको लागि कुनै शुल्क पर्ने छैन । फोटो पठाउन २०७८ भदौ २० गतेसम्मको समय तोकिएको छ ।



त्यस्तै भदौ २२ देखि असोज २० गतेसम्म भोटिङको समय हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार बराबरको ग्रिन हाउस पाउनेछ । दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार बराबरको कौसी खेतीका सामग्री पाउने छन् ।

यस इभेन्टमा नेपालस्थित इजरायली राजदूत खनान गोदार, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, कृषि विज्ञ डा. विष्णुप्रसाद चापागाई, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिन कुमार श्रीबास्तव, गत सालको फूलतर्फकी विजेता डा. नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी निर्णायक मण्डलमा रहनेछन् । 


गत सालको फूलतर्फकी विजेता डा.नम्रता पाण्डे


 

यसै विषयमा आयोजक समितिका अध्यक्ष मनोज श्रेष्ठ सँग  'द मार्जिन'ले गरेको कुराकानिको सम्पादित अंश प्रस्तुत गरिएको छ ।  

 

यो प्रतिस्पर्धाले तपाइहरूको नारालाइ कसरी समेटेको छ अथवा यसको सार्थकता कस्तो हो ?

उपत्यका क्रकिटले भरिएको छ । ग्रीनरी बेल्ट शून्य झै छ । प्रदुषण पनि धेरै छ । यी दुवै कुराको एउटा वैकल्पिक अभ्यास भनेकै कौसी खेती हो । कौसी खेतीले ग्रीनरी बेल्टमा परिणत गर्छ । त्यति मात्रै नभएर बिहान बेलुकी आधा आधा घण्टा काम गर्दा अर्गानिक तरकारी खान पाइन्छ । शारिरिक अभ्यास पनि हुन्छ । त्यति मात्रै । नभएर आफ्नो लागि तरकारीहरू उत्पादन गर्न सके भारतबाट आयत गरिने तरकारीको मात्रामा समेत घट्ने थियो । किनकी संसार अहिले शहरी खेतीमा पनि कौसी खेतीमा अग्रसर भइरहेको छ । आफ्नै हातले उत्पादन गर्दाको आनन्द कुनै शब्दमा बयान गर्नै सकिदैन् । तर यसको स्याहार बालबच्चालाई झैँ गर्न नसकेमा उत्पादन हुदैन ।

पर्यावरणामा देखिएकाे समस्यामा यसले कासरी भूमिका खेलेको छ ?

मैले माथि पनि भनिसके, उपत्यका कंक्रिटले भरिएको छ । हरियाली क्षेत्र एकदमै थोरै छ । भएका जंगलहरू पनि मासिने क्रममा छ । प्लाटिङ गर्नेहरूले गर्दा जंगल विस्तारै मासिँदैछ । तसर्थ हामीले उपत्यकामा लगभग ८ लाख घरहरू छन् । जसमा ३० प्रतिशतले मात्रै राम्रोसँग कौसी खेती गर्ने हो भने पर्यावरणमा निक्कै ठूलो भूमिका खेल्नेछ । ग्रीन वेल्ट बढ्न सकेमा पक्कै पनि पोलुसनलाई समेत क्रमिक घटाउन मद्दत गर्छ । अर्थात अक्सिजन लिन सहज हुनेछ ।

प्रतिस्पर्धामा सहभागीहरूको मूल्याङ्कनको आधार के हो र ?

सहभागीले पठाएका फोटो र भिडियोहरू हलोखबर डटकमको फेसबुक पेज र यूट्युवमा भिडियो पोस्ट गरिनेछ । यिनै फोटो र भिडियोमा लाइक, कमेन्ट र शेयरको आधारमा ६० प्रतिशत तथा ४० प्रतिशत निर्णायकहरूबाट आउनेछ ।

कौसी खेतीलाई प्रोत्साहन कार्यक्रम भइरहँदा त्यही बिल्डिङको कम्पाउण्ड भित्र रहेको अथवा थोरै बाँकी रहेको खाली जग्गाहरूको प्रयोग गर्न सकिने विषयलाई कसरी सोच्नु हुन्छ ?

कौसी, करेसा वा किचन गार्डेन जहाँ पनि गर्न सकिन्छ । सबै घरको कौसी दह्रो नहुन पनि सक्छ । तसर्थ घर बनाउँदा खेरी नै कौसी खेतीकालागि स्पेसहरू निर्माण गर्न सके धेरै राम्रो । अझ मेरो उद्देश्य त के छ भने उपत्यका वा ठूला शहरहरूमा घर बनाउनु पूर्व नक्सा पास अनिवार्य हुन्छ । घरका क्राइट एरियामध्ये एउटा कौसी केखी गर्ने ठाउँलाई पनि अनिवार्य गर्नुपर्छ भन्ने हो । महानगरसँग कुराकानी हुँदैछ ।

यस्ता प्रतियोगिताले प्रोत्साहन गराउन र विजेता छान्न मात्र पहल गर्छ कि विषय सम्बन्धि सहकार्यहरू र निरन्तरता पनि गर्छ ?

सबैभन्दा ठूलो नेटवर्क बन्छ । जितहार त एउटा बहाना मात्रै हो । तर खेतीपातीका कुरा कम हुन्छन् । भइहाले हेपिएको क्षेत्र भएको हुनाले हत्तपत्त मानिसहरू कौसी खेती मात्रै नभएर, अन्य खेती गर्दै गरेको फोटो खिच्न वा बाहिर ल्याउन खासै चाहँदैनन् । संसारमा कृषि वा कृषकलाई नम्बर वान नागरिकका रूपमा लिइन्छ । तर हाम्रो देशमा हेपाहा दृष्टिकोणले हेरिन्छ । धेरैभन्दा धेरै खेतीपाती गरेका कन्टेन्टहरू बाहिर ल्याएर उनीहरूलाई सम्मानित बनाउनुपर्छ भन्ने मेरो उद्देश्य हो । खेतीपाती लाजको विषय होइन । यो त आवश्यकताको विषय हो जसले गर्दा पनि सानो भइँदैन भन्ने हो । अर्को ठूलो कुरा के भने कौसी खेती गर्न चाहनेहरूले त्यसको सामानहरू कहाँ पाउँछन भन्ने थाहा छैन । कौसी क्वीनको व्यानगरमै सबै समाधान हुने सम्बन्धित निकायहरू छन् । जसले गर्दा कौसी खेती गर्नेहरुलाई सहज तरिकाले नेटवर्क मिलोस् ।

गतसालको विजेताबाट सम्बन्धित विषयमा भइआएका प्रगति ?

इभेन्ट आफैँमा नयाँ अर्गानिक हो । कौसी खेती गरेर पनि सम्मानित भइनेरहेछ भनेर आश्चर्यमा परेका छन् । त्यति मात्रै होइन नेपाली मिडियामा कौसी क्विन इभेन्टपछि धेरैले कोसी खेतीबारे समाचारहरू बनाए । त्यस अघि साह्रै थोरै कभरेज हुन्थ्यो तर अहिले कौसी क्विनलाई भ्याइनभ्याइ छ अन्तर्वार्ता दिन । त्यति मात्रै होइन कति जना त काैसी खेतीबारे व्यापार गर्ने कम्पनीले ब्राण्ड एम्वास्डर बनाएका छन् । उनीहरूले कौसी खेतीलाई थप आकर्षित बनाएका छन् । कौसी क्वीन पछि कौसी खेती गर्नेहरूले आयोजकहरुबाट पाएको हौसल र जानकारीपछि स्थानीय वडामा गएर आफ्नो हक अधिकारकालागि आवश्यक सहयोग लिन थालेका छन् ।

अध्यक्ष मनोज श्रेष्ठ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार