फागुन १२ गते दिउँसो फेसबुक लाइभ मार्फत राजन मुकारुङको शब्द र संगीतमा ‘हामी बस्ने घरलाइ गोठभनेर भत्कायौ’ बोलको गीत  सार्वजनिक भयो । उक्त गीत प्रशारण गर्नु अघि गीत बारे प्रकाश पार्दै मुकारुङले भने ‘सबै खाले प्रतिगमनका विरुद्द निरन्तर अग्रगमनको आन्दोलन भन्नका लागि नै यो गीत आज प्रसारण गरिएको हो । ’ उनले थपे ‘पौष ५ देखि निरन्तर रुपमा प्रतिगमन विरुद्द आन्दोलन भएर फागुन ११ मा सर्वोच्चबाट खड्ग प्रसाद ओलीको असंवैधानिक कदम खारेज भयो धेरैले यसलाइ प्रतिगमन सच्चियो भन्ने बुझेका छन् । तर यो देशमा सिमान्तिकृत जाति, समुदाय, उत्पीडित वर्ग, क्षेत्रका लागि सधै प्रतिगमन भइरहेको छ । परिवर्तनका हरेक आन्दोलनमा सबैको बराबर बलिदान भए पनि सिमीत जात वा वर्गले मात्र शासन गरिरहँदा जनताले परिवर्तनको अनुभूत गर्न सकेनन् तसर्थ आन्दोलनको निरन्तरता अनिर्वाय छ ।’ 
६२-६३को जनआन्दोलनमा लोकतान्त्रिक स्रष्टाको योद्दा त्यस्तै स्रष्टा आन्दोलन २०७७ को अगुवा हुनुहुन्छ । स्रष्टा आन्दोलनलाइ निरन्तरता दिने त भन्नुभयो तर अब यो आन्दोलन कसरि अगाडि बढ्छ ?
–    यो मुलुकमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक सबै अधिकारका सवालमा अघिनै भनिए जसरि सिमीत जाति वा वर्गको मात्रै हावी छ । अधिकांश मानिसहरु अझैपनि नागरिक हुन पाइरहेका छैनन् । तिनको सामाजिक न्यायको लागि स्रष्टाहरुले एकिकृत आन्दोलन गर्नै पर्छ । न्यायका सवालमा कोही पनि स्रष्टा निरपेक्ष बस्न सक्दैन त्यसैले यो आन्दोलन सबै खाले विभेदहरुका विरुद्द, विभेदकारिहरुको भण्डाफोर गर्दै मोर्चाबद्ध भएर आन्दोलित हुन्छ । यसले प्राज्ञिक बहस गर्छ । न्यायका लागी सृजनात्मक काम गर्छ । आवश्यकता पर्दा सडकमा समेत सकृय हुन्छ । 
एक थरि मानिसहरुलेत संसद पुर्नस्थापनालाइ नै प्रतिगमन सच्चियो भनिरहेका छन् नि ? उसोभए अब पनि आन्दोलन किन ?
–    हो केहि राजनैतिक दल सम्वद्द मानिसहरुका लागि सत्ता आबद्द वा स्वार्थका कारण संसद पुर्नस्थापना नै प्रतिगमन सचिनु हो भन्ने लाग्छ । तर हाम्रो मुलुकमा पौष ५ को संसद विघटन प्रतिगमनहरुको एउटा श्रृङ्खला मात्रै हो । यो सधँै भइरहेको छ । संसदीय ब्यवस्थाको घिनलाग्दो खेलका कारण जनताका आधारभूत अधिकारहरु प्राप्त गर्नका लागि निरन्तर आन्दोलनको खाँचो छ । स्रष्टाहरु समाजका सचेत नगरिक हुन् । सचेत नागरिकले व्यवस्थाका कमजोरीहरु खुट्याउनु पर्छ । 
धेरै युवाहरुले यो व्यवस्थानै ठिक भएन यसलाइ बदल्नु पर्छ भनिरहेका पनि छन् यसमा तपाईँको धारणा के छ ?
– जरुर हो नेपालको राजनैतिक व्यवस्थाले सबैलाइ युवाहरुलाइ मात्रै हैन निराश बनाएको छ । यो व्यवस्था मात्रैको पनि कमजोरी होइन । यसलाई नेतृत्व गर्नेहरुले हुर्काएको संस्कार सबै भन्दा ठुलो कमजोरी हो । यो व्यवस्थामा नेतृत्व सुध्रिने अवस्था नदेखेर नै सबैमा व्यवस्था प्रति वितृष्णा पलाएको हो । नेतृत्व सुधार्न नसकिने भएपछि स्वभाविक रुपमा निती वा व्यवस्थानै बदल्नुपर्छ । तर व्यवस्था बदल्ने नाममा कस्तो व्यवस्था स्थापित गर्ने भन्नेमा भने सचेत हुनै पर्छ । त्यसो त गणतन्त्रको बिरुद्द ‘राजा आउ, देश बचाउ’ भन्ने जस्ता नाराहरु पनि बेला बेला लाग्ने गर्छन । के उसोभए यत्रो बलिदानले ल्याएको गणतन्त्र सिद्द्याएर जनतालाइ रैति बनाउने राजतन्त्र ल्याउनु त ? पक्कै होइन त्यसैले व्यवस्थामा भएका कमजोरीहरुको समिक्षा गर्दै गलत नेतृत्वको भण्डाफोर गर्दै नयाँ व्यवस्थाको गन्तव्य पुग्ने सिद्दान्त बारे व्यापक बहस हुन जरुरी छ । ७२ कै संविधान जुन संविधानलाइ म अग्रगामी मान्दिन यसमै पनि त समाजवाद उन्मुख राष्ट्र भनिएको छ । तर समाजवादको न्युनतम सर्त पनि अघि सारिएको छैन । परिवर्तनका प्रत्येक आन्दोलनहरुमा नेपाली जनताको बगावत धेरै भएको छ । तर परिवर्तनको अनुभूत भने गर्न पाइएको छैन । यसको मुल कारण नेपाली समाजमा वा शासन सत्तामा एकल जातिय वर्चस्व र अभिजात वर्गको हालिमुहालीका कारण व्यवस्थाकै धज्जी उडाउने काम भएको छ । तसर्थ कहीँ न कहीँ यो व्यवस्थालाई कसिमा राख्नै पर्दछ र नयाँ व्यवस्थाको सपना देख्नै पर्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार