काठमाडाैँ - पछिल्लो २४ घण्टामा देशभर थप १७७५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अवधिमा थप २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ४३ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा २९३६ जनामा संक्रमण पुष्टि भएको हो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...