काठमाडौँ । भुटानी शरणार्थी शिविर बेलडाँगीमामा लगातार कोरोना संक्रमणमा वृद्धि भएको छ । पछिल्लो अपडेट अनुसार शिविरमा थप २ जनामा कोरोना पुष्टि भएको छ । आइतबार थप २ जना महिलामा कोरोना देखिएको हो । 

योसँगै शिविरमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १५ जना होम आइसोलेशनमा रहेका छन् भने २९ जना निको भइसकेका छन् । त्यस्तै १ जनाको मृत्यु भएको छ भने ४ जनाको कोभिड अस्पताल दमकमा र १ जनाको नोबेल अस्पताल राटनगरमा उपचार भइरहेको भुटानी शरणार्थी महिला मञ्च केन्द्रीय कार्यालय बेलडाँगी स्वास्थ्य सहजकर्ता बुद्ध हाङ्ग राईले जानकारी दिएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...