काठमाडौँ – भुटानी शरणार्थी शिविर बेलडाँगीमा‌ थप १ जनामा कोरोना पुष्टि भएको छ । 

संक्रमित पुरुष रहेको भुटानी शरणार्थी महिला मञ्चका स्वास्थ्य सहजकर्ता बुद्ध हाङ्ग राईले जानकारी दिए । योसँगै शिविरमा कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ । 

संक्रमितमध्ये ३१ जना  होम आइसोलेशनमा रहेका छन् । त्यस्तै । त्यस्तै ९ जना कोरोना मुक्त भएका छन् भने १ जना कोभिड अस्पताल दमकमा उपचाररत रहेका छन् । १ जनाको मृत्यु भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...