काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ । २६४ जना संक्रमित निको भएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...