काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १८ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस बाट २७ जना निको भएका छन् भने हाल देशभर काेराेना भाइरसकाे  सक्रिय संक्रमित संख्या २२१  रहेकाे छ । यस अविधमा काेराेना संक्रमणका कारण कसैकाे पनि मृत्यु भएकाे छैन ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...