काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ८ सय ८२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९ सय ९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । यस अवधिमा काेराेना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...