काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

 यस अवधिमा काेराेना संक्रमणका कारण कसैको पनि मृत्‍यु भएको छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...