काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय तीन जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा २६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३४ जनामा झरेको छ । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

थप ७२ हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...