काठमाडाैँ । स्वस्थ्या तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उक्त्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । 

३ हजार ६ सय जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने हाल देशभर ३ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८ सय ३७ पुगेको छ । योसँगै नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने ९ लाख ६६ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...