काठमाडौँ । विद्यालयबाट घर फर्कदै गर्दा चार दिनदेखि हराएकी नौ वर्षीया एक बालिका  हिजो पोखरामा मृत भेटिएकी छिन् ।पोखरा महानगरपालिका वडा १४ चाउथेस्थित रामेस्वरी माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत नौ वर्षीय बालिका सुशिला ओली हिजो मृत भेटिएकी हुन्।

चार दिन अघिदेखि बेपत्ता रहेकी उनी पोखरा महानगरपालिका वडा नम्बर १४ समिनतरास्थित खहरेखोलाको खोंचमा  हिजो दिउसो मृत भेटिएकी थिइन्। गएको चैत २९ गते विद्यालयमा संचालित परिक्षा दिएर घर फर्किए पश्चात बालिका दिउसो करीब साढे तीन बजेदेखि बेपत्ता थिइन्। बालिका बेपत्ता भएपछी खोजी गर्दा  उनका आफन्तले  हिजो बालिकालाई करीब १० मिटर तल खोंचमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपश्चात घटनास्थलमा पुगेका प्रहरीले शवलाई भर्याङ प्रयोग गरेर बाहिर ल्याइएको प्रहरीले जानकारी दिएको छ।

त्यस खोंचमा बालिका कसरी पुगिन  र उनको हत्या भएको हो कि भबितब्य मृत्यु हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए। शव को पोस्टमार्टम रिपोर्ट आएपछि उनको हत्या हो कि हैन भन्न सकिने डिएसपी तिवारीले बताए।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...