काठमाडौँ । बागलुङ सडकखण्ड अन्तर्गत पर्ने घट्टे खोला नजिकै बस दुर्घटना भएको छ । हिजो साझ अन्दाजी साढे ६ बजेको समयमा बेनी हुदै पोखरा आउदै गरेको ना ४ ख १५३१ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा ११ जना यात्रु रहेका थिए । यात्रुहरु मध्य ८ जना घाइते भएका छन् भने उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले जानकारी दिए ।
प्रारम्भिक रुपमा घटनास्थल हेर्दा रातीको समयमा सडकमा बत्ती नभएको र बाटोमा रहेको डिभाइडरमा झुक्कीएर एक्कासी ब्रेक लगाउदा पल्टिएको हुन् सक्ने आशंका गरिएको स्थानियले जनाए । उक्त दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको र थप जानकारी अनुसन्धानपछि आउने थापाले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...