काठमाडौँ । देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् । नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको छ । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...