काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४० जनाको पीसीआर र एन्टीजेन  विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८०० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ जना र ९ सय ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७२१ पुगेको छ । हाल नेपालमा ५ सय ९२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४८ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४० जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख १८ हजार ७७२ जनाको पीसीआर–एन्टीजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...