काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार तीन सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...