काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय १९ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ८ सय ४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६ सय ९२ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने ९ लाख ६५ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...