काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या आज ७६५ मा झरेको छ । पछिल्लो पटक ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएपछि झन्डै १ लाख सक्रिय संक्रमित पुगेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज जारी तथ्यांक अनुसार ४ हजार ८०७ परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३५८ पीसीआरमा १० र १ हजार ४४९ एन्टिजेन परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टायता ५७ निको भएका छन् ।
सोही अवधिमा खोप लगाउनेको संख्या भने ५६ हजार ५२७ रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...