काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अबधिमा कसैको पनि मृत्‍यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

३ हजार २ सय ७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३ सय ९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५१ जना निको भएका छन् भने हाल देशभर ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्  ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६ सय ७२ पुगेको छ भने यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ मा ९ लाख ६५ हजार ७ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...