काठमाडौं - नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ११ हजार ५८२ जनाको नमूना परीक्षण गर्दा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

मन्त्रालयका अनुसार, काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ । 

यता, गत ५ माघमा कोरोनाको संक्रमणदर ५२.६ प्रतिशत पुगेको थियो । तर, हाल संक्रमणदर घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार संक्रमणदर ३३ दशमलव ९ मा झरेको छ । संक्रमणदर ओरोलो लागे पनि जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...