काठमाडौं - कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका किशोरकिशोरीलाई आजदेखि काठमाडौंका दुईवटा अस्पतालबाट खोप दिइँदै छ ।

वीरेन्द्र सैनिक अस्पताल छाउनी र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई फाइजर खोप दिन लागिएको हो । खोप लिन आउनेको संख्या हेरेर अबका केही दिनसम्म ती अस्पतालबाट खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

काठमाडौंबाट हालसम्म यो उमेर समूहका दुई लाख ८१ हजार जनाले फाइजर खोप लिइसकेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...