काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको हो ।
मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब ४ करोड १९ लाख मात्रा खोप आइसकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...