काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २५५ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या पाँच हजार पाँच जना रहेका छन् ।  

देशभर शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् ।

यस्तै, मन्त्रालयका अनुसार आज अहिलेसम्मकै सबैभन्दा बढी जनाले खोप लगाएका छन् । आज तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...