दार्चुला- जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले दुबै दरबन्दी खाली छ ।

दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त भएको हो ।

अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनै जना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् ।

जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् ।

जिल्लाभरी १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । 

जिल्ला अस्पताल सँगै गोकुलेश्वर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...