काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २२६ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ४ हजार ९७८ रहेको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...