काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ३४९ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ४८ रहेको छ ।    

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...