काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २६३ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार १६१ रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...