काठमाडौँ- नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि भएको हो ।
यसअघि नेपालमा २ जनामा यो भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन् । साथै, थप २३६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्ला २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...