काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २३२ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको पीसीआर परीक्षण गर्दा २५२ र चार हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर पाँच हजार २४२ जना सक्रिय संक्रमित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...