काठमाडौँ - आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने जनाएको छ ।
मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन दिइने छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले यसअघि फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । उनले यी जिल्लाहरूमा फाइजर खोप आएपछि फाइजर लगाइने बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...