काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २६७ काेराेनामुक्त भएका छन् । त्यस्तै, साेही समयमा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ५६७ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ५२६ रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...