काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २३४ काेराेनामुक्त भएका छन् । त्यस्तै, साेही समयमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएकाे छ । 

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...