स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताएका छन् ।

सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उनले बताए । पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी भइरहेको बताए ।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उनले बताए । सामान्य बिरामीहरू स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए ।

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने खतिवडाले बताए ।

आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने पनि खतिवडाको दाबी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...