रुकुम- रुकुम-पूर्वबाट एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माकी एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
सात महिनाकी गर्भवती स्थानीय १८ वर्षीया रोदना कामीको अत्याधिक रक्तश्राव भएपछि सुर्खेत लगिएको हो ।
सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई पेल्मा स्वास्थ्य चौकीमा लगिएको थियो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गममा रहेका महिलालाई उद्धार गर्ने गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...