काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही समयमा ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टाको अवधिमा थप दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कूल मृत्यु हुने संख्या ११ हजार ५४५ छ ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या  ६ हजार ३५२ रहेको छ ।

देशभरमा शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा ३३९, आइसियुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...