यौन चाहाना सम्पूर्ण सजीव जगतमा रहने प्राकृति गुण हो । मानिसहरू पनि यौन चाहानाबाट अछुतो छैनन् । उमेर अनुसार फरक माध्यमबाट यौन चाहाना तृप्त भैरहन्छ । फ्राडयको सिद्धान्तलाई आधार मान्ने हो भने कुनै पनि वस्तु छोएर, हेरेर, क्रियाकलाप गरेर कुनै सन्तुष्टी प्राप्त गरिन्छ भने त्यो यौन हो । उमेर बढेसँगै बढ्ने यौन चाहाना विशेष गरी शारीरिक सम्पर्क वा क्रियाकलापसँग जोडिन पुग्दछ । यौन चाहाना बढ्नु मा उमेर, वातावरण, समाज, साथी संगत जस्ता पक्षको प्रभाव पर्दछ । अझ भनौँ यौन एक जैविक आवश्यकता हो । भने मास्लोका अनुसार यौन आधारभुत आवश्यकता हो । मानव जिबन तथा सृस्टिको सुन्दर पक्ष यौन विभिन्न खराब अवस्था तथा अभ्यासका कारण कुरूप बन्न पुग्दछ । त्यसकाे एक प्रमुख कारण हो यौन आवेग । अब कुरा गरौँ के हो यौनावेग ।
के हो त यौन आवेग ?
यौन चाहाना आम मानिसमा हुन्छ । जसलाई मानिसहरू विभिन्न माध्यमबाट मत्थर गर्ने गर्दछन् । सामान्य यौन चाहाना भन्दा बढी यौन चाहाना बढ्नु, यौनको बारेमा सोचिनु यस सन्दर्भमा याैन आवेग हो । अझ भनौँ यो यौन चाहानाको कुण्ठित भाव हो । यौन चाहाना तृप्त नभए पछि मानिसमा बसेको एक भाव हो वा मानसिक अवस्था हो । अझ यसलाई सामान्यीकरण गर्नुपर्दा कुनै पनि शारीरिक क्रियाकलाप तथा अभ्यासले मत्थर हुन नसकेको एक बढ्दो काम बासना हो । कुनैपनि समलिङ्गी वा विपरीतलिङ्गीप्रति बढेको आकर्षणबाट बढेको यौन चाहाना मत्थर नभइ उहीँ अवस्थामा रहेको वा सो भन्दा बढेको अवस्था हो यौन आवेग । यसरी बढेको यौन आवेगलाई समयमै उचित तबरले व्यवस्थापन गर्न नसकेको खण्डमा यसले व्यक्तिमा विकार रूप पैदा गराउँछ र व्यक्तिगत समस्या तथा सामाजिक अपराधहरू पैदा गराउँछ ।
के हो यौन आवेगबाट हुने सामाजिक अपराध ?
व्यक्तिले आफूमा बढेको काम बासनालाई मत्थर पार्नका लागि प्रकृतिक तथा सामाजिक नियम, कानुन, संस्कार, परम्पराको विरुद्धमा गइ यौन आवेगलाई बुझाउने प्रयास गर्छ र जसकाे प्रत्यक्ष नकारात्मक असर व्यक्ति तथा समाजमा पर्छ भने त्यो यौनका माध्यमबाट हुने सामाजिक अपराध हो । यसलाई सामान्य रूपमा भन्नुपर्दा व्यक्तिले आफूमा भएको यौन आवेगलाई नियन्त्रण गर्ने प्रयास गर्दा सो कार्यबाट सामाजिक संरचनामा परेको अप्ठेरो स्थिति वा, सामाजिक नियम विपरीतको कार्य हो । जुन अपराधको जग यौनमा अवस्थित हुन्छ ।
यौन आवेगले मानिसमा भएको सृजनात्मक क्षमतामा ह्रास ल्याई व्यक्तिलाई एकोहोरो बनाउने, एक्लो बनाउने, शारीरिक चालढाल तथा व्यवहारमा समेत परिवर्तन आउने अवस्थासमेत सृजना गर्दछ । यौन चाहाना सक्षम र सबल व्यक्तिमा हुनु पर्छ नै यो जैविक कारण पनि हो । तर त्यही आवेग अत्याधिक रूपमा भइ नियन्त्रण गर्न कठिन हुन्छ र कुण्ठाका रूपमा रहन्छ र यौन आवेग उत्पन्न गराउने वातावरण मिलेको खण्डमा समस्याको रूपमा विकसित हुनुका साथै प्रष्फुटित हुन्छ । यसरी अनियन्त्रित भएर प्रस्फुटित भएको आवेगले विभिन्न प्रकारका व्यक्तिगत तथा सामाजिक समस्याको आधारशीलाको काम गर्छ जसलाई यसरी हेर्न सकिन्छ ।
१. यौन दुर्व्यवहार तथा अनैतिक क्रियाकलाप
यौन ह्वास तथा आवेगले भरिएको मान्छे, आफूमा भएको यौन आवेगलाई नियन्त्रण गर्नका लागि विपरीत वा समान लिङ्गका व्यक्तिलाई जिस्काउने, सिठी बजाउने, इसारा गर्ने, छुन प्रयास गर्ने गर्छन् । विशेष गरि सार्वजनिक यातायात , भिडभाड युक्त क्षेत्रहरूमा यस्ता खालका समस्याहरू अधिक मात्रामा देखा पर्छन् । भने साना बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूलाई ललाई फकाई छुने उनीहरूसँग यौनजन्य छुवाई तथा क्रियाकलापहरू प्रस्तुत गर्ने गर्छन् । यस्ता क्रियाकलापबाट उनीहरू यौन आनन्द प्राप्त गर्दछन् । यस्ता क्रियाकलाप घरपरिवारका सदस्य तथा आफन्तै ट पनि हुन सक्दछ । झट्ट हेर्दा माया दर्शाएजस्तो हेरचाह गरेजस्तो देखिने नकारात्मक छुवाई तथा व्यवहारले भिक्टिमलाई पीडा दिने असहज परिस्थिति सृजना गर्ने गर्छ भने पीडा दिने मान्छेले यौन आनन्द प्राप्त गर्दछ । अझ बिस्तृतमा भन्ने हो भने उल्लेखित क्रियाकलाप यौन आवेग प्रस्तुत हुने प्रारम्भिक चरण हुन् । जसलाई सयमै नितन्त्रण गर्न नसकिएको खण्डमा कठिन परिस्थिति सृजना हुन पुग्दछन् ।
२. प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध बिग्रने अवस्थाको सृजना हुने
मानिसमा भएको यौन चाहानालाई पूरा गर्न नसकेको खण्डमा उक्त चाहाना झन्न बढ्दै जान्छ र व्यक्ति यौन चाहाना पूरा गर्ने विभिन्न माध्यमहरू खोज्न थाल्छ । विशेष गरी प्रेममा रहेका जोडी एक अर्काबाट तृप्त नहुने र अर्को यौन साथी बनाउन पुग्ने, श्रीमान श्रीमती तथा प्रेमिल जोडीको भैतिको दूरी टाढा हुँदा यौन चाहाना पूरा गर्न पुरक माध्यम खोज्ने र जस्ता बानी विकास हुँदै गएको खण्डमा प्रेम तथा पारिवारिक सम्बन्धमा फाटो आई सम्बन्ध बिग्रने हुन्छ ।
३. आक्रमण
आफूमा भएको यौन आवेगलाई पूरा गर्नका लागि मानिस समलिङ्गी र विपरीतलिङ्गीप्रति विभिन्न प्रकारका मानसिक, सामाजिक, साइबर तथा भौतिक आक्रमण गर्न थाल्दछ । विभिन्न खालका अपशब्द तथा व्यवहारको प्रयोग गरी डर धम्की दिई मानसिक रूपमा आघात पार्ने, सामाजिक सञ्जालबाट कामुक सन्देश, फोटो तथा भिडियो पठाउने,फोटो हरू इडिट गरी डर धम्की दिने, एक्लै भेटेको खण्डमा हातपात गर्ने र व्यक्तिगत तथा सामाजिक इज्जतको डर देखाई जलिल गर्ने जस्ता क्रियाकलापहरू गर्छन् । जसले गर्दा भिक्टिम डर त्रासले पीडाको सिकार बन्न पुग्छन् ।
४. बलात्कार तथा हत्या
बलात्कार भन्नाले कुनै पनि व्यक्तिको इच्छा विपरीत जबर्जस्ती, डर धम्की देखाई वा कुनै प्रलोभनमा पारी स्थापित गरिने शारीरिक सम्पर्क हो । यौन ह्रास तथा आवेगले तथा मानसिक रूपमा विक्षिप्त भएको खण्डमा घट्ने जधन्य अपराध हो बलात्कार तथा हत्या । व्यक्तिले आफूमा भएको यौन आवेगलाई नियन्त्रण गर्न नसकेपछि उक्त आवेगलाई कतै विसर्जन गर्न खोज्छ । यसरी विसर्जन गर्नका लागि कलिला बालबालिका, उमेर ढलेका वृद्धबृद्वा, मानसिक तथा शारिरिक रूपमा अशक्त उमेर समूहलाई बढी टार्गेट गर्छन् । साथै युवा समुहलाई विभिन्न प्रलोभन तथा ब्ल्याकमेलिङ्गमा पारी बलात्कार गर्ने गर्छन् भने कतिपय अवस्थामा घर पलुवा जनावरहरूमाथि पनि जाईलाग्छन् ।नेपालमा पछिल्लो समय बलात्कारका घटना बढेको कुरा विभिन्न अध्ययनले दर्शाएको छ । बलात्कारपछि आफ्नो करतुत लुकाउनका लागि बलत्कृत व्यक्तिको हत्या समेत गर्न पुग्दछन । जो सामाजिक रूपमा ठूलो अपराध हो । सामान्य देखिने यौन आवेगले एक व्यक्तिको ज्यान समेत लिने गर्दछ ।
यौनजन्य अपराधबाट सुरक्षित हुन के गर्ने ?
यौन सजीव प्राणी तथा मानिसहरूको आधारभूत आवश्यकता हो । सृष्टि सृजना तथा सम्बन्ध बलियो बनाउने अधार हो यौन । अझ भनौ यौन सुखको माध्यम हो । तर यहि यौनलाई कुण्ठित पारिनु, यौन र यसका विभिन्न पक्षका बारेमा छलफल नगरिनु, यौनलाई संकुचित तरिकाले हेरिनुले यौनलाई जटिल तथा अपराधाेन्मुख बनाएको छ ।
यौनजन्य समस्या तथा अपराधबाट बच्नका लागि स्वास्थ शिक्षाका माध्यमबाट बृहत यौनिकता शिक्षा प्रादान गर्न जरुरी छ । विद्यालय उमेरका बालबालिकालाई सही र गलत छुवाई, नकारात्मक यौन गतिविधिबारे बुझाउन जरुरी छ भने समाजमा रहेका व्यक्तिहरूलाई यौन शिक्षा प्रदान गर्ने, सृजनशील हुन प्रेरित गर्ने, दैनिक कामकाजमा व्यस्त हुने अवस्था सृजना गर्नुपर्छ । साथै यौन तथा यौनजन्य हिंसाका बारेमा पारिवारिक रूपमा छलफल गर्ने र बालबालिकालाई सोबारे सिकाउने गर्न सकिएको खण्डमा यौनजन्य अपराधबाट बच्न सकिन्छ ।
यसरी हेर्दा नेपाल र भारत जस्ता देशमा यौनजन्य अपराध बढ्नुको प्रमुख कारण हो, कुण्ठित यौन व्यवहार । हाम्रो समाजमा यौनलाई बन्द कोठाभित्र हुने दम्पती बीचको गाेप्य मामिला बनाइनु, याैनशिक्षा र चेतनाकाे विकास गर्न नसकिनु ठूलो भुल हो । यौनको बृहत आयाम अवस्था र पक्षहरूको बारेमा छलफल गरी यौनलाई सरल रूपमा प्रस्तुत गर्न सकिएको खण्डमा यौनजन्य अपराधहरू धेरै हदसम्म न्यूनीकरण हुन पुग्दछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...