काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जना काेराेना संक्रमणमुक्त भएका छन् । त्यस्तै, साेही समयमा २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
विभिन्न प्रयोगशालामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५ सय ३ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा थप दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कूल मृत्यु हुने संख्या ११ हजार ५४३ छ ।
हाल नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३८६ रहेको छ । अहिलेसम्म १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यस्तै, काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...