काठमाडौँ - नेपालमा काेराेनाकाे ओमिक्रोन भेरियन्ट देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन संक्रमित भेटिएकाे पुष्टि गरेकाे हाे । 

मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको जनाएको हाे ।

उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...