काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ४३६ जना काेराेनामुक्त भएका छन् । त्यस्तै साेही समयमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । 

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ भने ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेकाे छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...