काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा थप ३९२ कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप २३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जना कोरोना संकंमित थपिएका हुन् ।
पाँच हजार २९५ जनाको पिसिआर र एक हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ६ हजार ७४४ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँचजनाको मृत्यु पुष्टि भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...