डोटी- जिल्ला अस्पताल डोटीमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ की २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ ।
सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज गरिएको हो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी कोहलपुर लगिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत डोटी जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...