काठमाडौँ- कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेपछि पश्चिमी सीमानाको गड्डाचौकी नाकामा सतर्कता अपनाउन थालिएको छ । 

उक्त सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।

सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शङ्कास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण समेत गरिँदै आएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...