काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप ३४७ काेराेनामुक्त भएका छन् । त्यस्तै साेही समयमा थप २४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जना कोरोना संकंमित थपिएका हुन् ।

६ हजार ४०० जनाको पिसिआर र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् ।

सो अवधिमा मृतकको संख्या भने शून्य रहेको मन्त्रालयले जनाएकाे छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...