एजेन्सी- भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

भारतको कर्नाटकमा दुई जना पुरूषहरूमा उक्त भेरियन्ट पुष्टि भएको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो ।

६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।

भारतमा नयाँ भेरियन्ट देखिएसँगै नेपालमा यसको जोखिम उच्च देखिएको छ।

नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो। त्यस यता विश्वका २९ वटा देशहरुमा यो भेरियन्ट फैलिसकेको छ।

यसको संक्रमण रोक्नका लागि विभिन्न देशहरुले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेका छन् ।

नेपालको स्वास्थ मन्त्रालयले पनि अति आवश्यक काम नपरेसम्म विदेश यात्र नगर्न सबैलाई आग्रह गरेको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...