काठमाडौँ- स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका नमुनालाई सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै विभागले विभिन्न देशबाट नेपाल प्रवेश गर्दा एन्टिजेन परीक्षणमा देखिने पोजेटिभ नमुनालाई जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन अनुरोध गरेको हो । 

सीमा नाकामा थप सजगता अपनाउन नाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिँदै  एन्टीजेन पोजिटिभ आएका नमुनाहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि विभागले अनुरोध गरेको छ ।

दक्षिण अफ्रिकासहित केही देशमा कोरोना भाइरसको ‘ओमिक्रोन’ नयाँ भेरियन्ट देखिएकाले सजगता अपनाउन सो निर्णय गरिएको हो ।    



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...